कोरोना कहर:भारत ले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने – EsancharPati
कोरोना कहर:भारत ले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने

कोरोना कहर:भारत ले १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने

काठमाडौं । भारत सरकारले कोरोना भाइरस को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरस को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने निर्णय गरेको हो ।

१५ अप्रिलसम्म राजनीतिक, सरकारी, संयुक्त राष्ट्रसंघ लगायत का केही भिसा बाहेक अन्य भिसा १५ अप्रिलसम्म निलम्बन गर्ने निर्णय गरेको हो । चीन, इटली, इरान, कोरिया, फ्रान्स, स्पेन र जर्मनीबाट भारत आउने सबै यात्रुलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । यसमा भारतीय नागरिक पनि पर्नेछन् ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •