उद्योग वाणिज्य , तथा आपूर्ति मन्त्री :यादब युएईमा

उद्योग वाणिज्य , तथा आपूर्ति मन्त्री :यादब युएईमा

फलेन्द्र बलम्पाकी मगर / युएई

गतसाता नेपाल मा विश्व लगानी सम्मेलन समाप्त भएको छ। त्यसको लगत्तै दुबईमा विश्व लगानी फोरम को आयोजना गरिएको छ। जसमा भाग लिन नेपाल सरकारको तर्फबाट सहभागी हुन । उद्योग वाणिाज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव सहभागी हुदैछन।

सुरक्षीत अर्थतन्त्रको रूपमा युएई लाई चिनिने गरिएको छ। यहाँको सुरक्षा निति भरपर्दो भएकाले पनि विश्व का आर्थिक लगानीकर्ता हरु युएईमा लगानी गर्न उत्साहित हुने गर्दछन। गएको दस वर्ष भित्रमा मा युएईले नसोचेको रूपमा विकासको फड्को मारेको छ।
युएईमा अधिकांश बाह्य लगानीले यहाँको अर्थतन्त्रको विकास भएको छ।
आज साँझै युएई को अर्थ मन्त्री सँग पनि मन्त्री यादवले । समसामयिक विषयमा छलफलको लागी भेटघाट हुने कार्यक्रम रहेको छ। नेपाली राजदुतावास का राजदुत लगायत नेपाली बिजनेस काउन्सिल का प्रतिनिधि हरु सँग पनि भेटघाट गर्ने कार्यक्रम रहेकोे छ।