सिन्धुली जिल्ला को ऐतिहासिक तथा धार्मिक सम्पदा हरुको जानकारी सहितको बृत्तचित्र निर्माण

सिन्धुली जिल्ला को  ऐतिहासिक तथा धार्मिक  सम्पदा हरुको   जानकारी सहितको बृत्तचित्र निर्माण

पर्यटन बर्ष २०२० लाई लक्षित गर्दै सिन्धुली जिल्लाको कमलामाइ नगरपालिकाको ऐतिहासिक तथा धार्मिक महत्वलाइ माथि उठाउने याेजना सहित वृत्तचित्र निर्माण गरिएको छ ।

जिल्लाको वृद्धि र बिकाशकाे याेजना सहित निमार्ण गरिएको उक्त बृत्तचित्रमा समग्र सिन्धुली र त्यसमा पनि कमलामाइ नगरपालिकाको ऐतिहासिक तथा धार्मिक स्थलहरुको बारेमा पुर्ण रुपमा जानकारी स‌लग्न गरिएको छ ।

बृत्तचित्रको आबरण बागबजार स्थित होटल हार्दिकमा सार्वजनिक गरिएको छ ।

उक्त वृत्तचित्र सिद्धबाबा ब्यबसाय उद्यमसिल परामर्श तथा तालिम केन्द्र एन्ड मिडिया प्रा.लि का प्रबन्धक निर्देशक मनोज कुमार देबकोटाले सार्वजनिक गरेका हुन् भने बृत्तचित्रको आवरण बाशु क्षितिजले तयार पारेका थिए ।

यस बृत्तचित्रलाई मनोज कुमार देबकोटा र बिश्वदीप घिमिरेले संयुक्त रुपमा निर्देशन गरेका हुन् । अहिले आबरण मात्र सार्वजनिक गरिएको साथै चाँडै नै एक विशेष कार्यक्रमबिच बृत्तचित्रको बिमोचन गरि सार्वजनिक गरिने जानकारी वृत्तचित्र निर्देशक बिश्वदीप घिमिरेले बताएका छन् ।