टिकापुर घटना का मुख्य योजनाकार भनियका रेसम चौधरी सहित ११ जना लाई जन्मकैद

टिकापुर घटना का मुख्य योजनाकार भनियका रेसम चौधरी सहित  ११     जना लाई जन्मकैद

टिकापुर घटनाबारे अदालतको फैसला आएपछि राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलको आकस्मिक बैठक बस्दै छ । बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिएर आन्दोलनका कार्यक्रम घोषणा गर्ने विषयमा छलफल हुनेछ ।
थरुहट आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका तत्कालिन एसएसपीसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो |जनताको प्रतिनिधिमाथि यसरी जन्मकैदको फैसला गर्न मिल्छ? यो सरासर अन्याय, अत्याचार र अन्यायमाथिको पनि अन्याय भएकाले थारु, जनजाति, मधेशी मिलेर मुलुकमा राष्ट्रिय विद्रोह सुरु हुने’ बताउदै नेता महतोले पार्टीका सांसद चौंधरी आन्दोलनकारी भएको र उनीमाथि जन्मकैदको फैसला गर्नै अदालतले प्रचन्ड , केपी ओली, गिरिजाप्रसाद कोइरालालाई किन जन्मकैदको सजाय नदिएको? भनि आक्रोश पनि व्यक्त गरे साथै आफ्ना पार्टीका सांसद रेशमलाल चौंधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला मान्य नहुने चेतावनी पनि दियका छ्न | जिल्ला अदालतले चौधरीसहितका ११ जना हरिनारयण चौधरी, राजकुमार कठरिया, सुन्दर लाल कठरिया, बृद मोहन ठगौडा, राजेश चौधरी, बीरबहादुर चौधरी, प्रदीप चौधरी, सीताराम चौधरी, श्रवण चौधरी र गंगाराम चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३ (३) नम्बर बमोजिम जन्मकैदको सजाय सुनाएको छ्।भने यस्तै लक्ष्मण थारु चौधरी, लाहुलाम चौधरी रामकुमार कठरिया सन्तराम चौधरी, विश्रम भन्ने जीतबहादुर डगौरा, प्रेम बहादुर चौधरी, किशनलाल चौधरी, दील बहादुर चौधरी, सन्तोष थारु चौधरी, विश्राम चौधरी तुलसी राम चौधरी र रामप्रसाद चौधरीलाई ३ वर्ष कैदको सजायँ सुनायको छ्।