संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सहित सात जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी  सहित सात जनाको हेलिकप्टर दुर्घटनामा  मृत्यु

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको हो । तेह्रथुमको को चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट बिहान साढे ८ बजे उडेको कल साइन एएमआई (अल्फा माइक इन्डिया) हेलिकप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकप्टरमा मन्त्रीसहित ७ जना सवार थिए । हेलिकप्टरमा मन्त्री अधिकारी तथा यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा सहित सात जना सवार थिय ।ताप्लेजुङ्को सिस्नेखोलामा दुर्घटना हुँदा हेलिकोप्टरमा सवार सातै जनाको मृत्यु भएको छ ।
हेलिकोप्टरमा चालकसहित पर्यटनमन्त्री रविन्द्र अधिकारी, यति एयर लाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका इन्जिनियर ध्रुव भोची भया, नेपाल नागरिक उड्ययन प्राधिकरणका उप महानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरे रहेका थिए । अन्तराष्ट्रिय त्रिभुवन विमानस्थल कार्यालय स्रोतका अनुसार बुधबार काठमाडौंबाट तेह्रथुमका लागि उडेको एअर डाईनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा चालक प्रभाकर केसीसहित सात जनाको मृत्यु भएको हो ।