संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनामा परेको छ । तेह्रथुमको को चुहानडाँडामा बनाउन लागिएको विमानस्थल सम्भाव्यता अध्ययन गरी ताप्लेजुङको पाथिभरा मन्दिर दर्शन गरेर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।

काठमाडौंबाट बिहान साढे ८ बजे उडेको कल साइन एएमआई (अल्फा माइक इन्डिया) हेलिकप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकप्टरमा मन्त्रीसहित ६ जना सवार थिए । हेलिकप्टरमा मन्त्री अधिकारी तथा यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा सहित ६ जना सवार थिए ।
गृह प्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘हेलिकप्टर दुर्घटना भएको र आगो लागको पुष्टि भएको छ।’ उनले घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी परिचान गरिएको र विस्तृत खबर आउन बाँकी रहेको बताए।