झगडा नगर भनी सम्झाउन खोज्दा उल्टै हत्या – EsancharPati
झगडा नगर भनी सम्झाउन खोज्दा उल्टै हत्या

झगडा नगर भनी सम्झाउन खोज्दा उल्टै हत्या

सबैला नगरपालिका वडा नं. १२ रघुनाथपुरका करिब ५१ वर्षीय सोनेलाल कुलामीले झगडा नगर्न सम्झाउन खोज्दा स्थानीय कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत, सोनु भन्ने मोनु यादव र अमरजित राउतसहित अन्य नचिनेका एक जनाले कुटपिट गरी हत्या गरेका मृतकका छोरा कालुले आरोप लगाएका छन् ।

कुटाइबाट गम्भिर घाइते भएका सोनेलालको सामान्य उपचारपछि थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

कुटपिट गरी हत्या गरेको आरोपमा सबैला नगरपालिका वडा नं. १ का कपिल सदा, अशेष यादव, धर्मदेव राउत, जितेन्द्र राउत र वडा नं. ४ का सोनु भन्ने मोनु यादव पक्राउ परेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोप लागेका अन्य एक जना व्यक्ति फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •