नेपालको नयाँ नक्सा तयार, सार्वजनिक गर्ने तयारी: गृहमन्त्री थापा – EsancharPati
नेपालको नयाँ नक्सा तयार, सार्वजनिक गर्ने तयारी: गृहमन्त्री थापा

नेपालको नयाँ नक्सा तयार, सार्वजनिक गर्ने तयारी: गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले नेपालको सम्पूर्ण भूमि समेटेर नक्सा छाप्ने प्राविधिक काम सम्पन्न भएको जानकारी गराउँदै अब छिट्टै उक्त नक्सा सरकारले औपचारीक रुपमा सार्वजनिक गर्ने बताउनुभएको छ ।

गृह मन्त्रालय र गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले संयुक्तरुपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेर नेपालसमेतले आफ्नो नक्सा छिट्टै सार्वजनिक गर्ने तयारी गरेको बताउँदै भारतसँग भूमि फिर्ताका लागि सचिवस्तरीय छलफल तथा कूटनीतिक पहल भइरहेको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रातर्फबाट समेत नेपाली भूमि फिर्ताका लागि कूटनीतिक लविङ जारी राखेका छौँ, नेपालको सम्पूर्ण भूमि समेटेर नक्सा छाप्ने प्राविधिक काम सम्पन्न भएको छ, त्सलाई छिट्टै सार्वजनिक गर्दछौँ ।’

विगतका तुलनामा देशमा शान्ति सुरक्षा तथा सुशासन कायम हुँदै गएको उल्लेख गर्दै उहाँले सरकारको मात्र दाबी नभई अन्तर्राष्ट्रिय सङ्घसंस्थासमेतले विगतको भन्दा सुशासनमा राम्रो भएको निष्कर्ष निकालेको उल्लेख गर्नुभयो ।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •