११७ मेनपावर कम्पनी कालोसूचीमा

११७ मेनपावर कम्पनी कालोसूचीमा

काठमाडौ । श्रम मन्त्रालयले १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का गरेको छ। ए वान ओभरसिज,आकाश ओभरसिज, आशिष ओभरसिज, अब्बा इन्टरनेसनल म्यानपावर, बजाज ओभरसिज लगायतका १ सय ९७ वटा म्यानपावरको काम कारबाही रोक्का भएको हो।

बैदेशिक रोजगारका नाममा ठगी गर्ने, तोकिएको भन्दा बढी शुल्क लिने, लाइसेन्स लिएर काम नगर्ने, कामदारहरुको समस्या समाधान नगरी पैसा मात्र आर्जन गर्ने उद्धेश्य देखिएपछि श्रम मन्त्री गोर्कण बिष्टले म्यानवावरको कामकारबाही रोक्का गरिदिएका हुन्। श्रम मन्त्रीमा विष्ट नियुक्त भएर आएलगत्तै उनले बैदेशिक रोजगारमा रहेको बिकृति र बिंसगति हटाउने बताएका थिए।