फागुन ९ गते ईन्द्रदह पर्यटन उत्सव हुने

फागुन ९ गते ईन्द्रदह पर्यटन उत्सव  हुने

काठमाडौं, ७ फागुन । ईन्द्रदह एकिकृत पर्यटन विकास समिमितले यही फागुन ९ गते तेस्रो ईन्द्रदह पर्यटन उत्सव एवम् काजी कालु पाण्डेको पूर्ण कदको शालिक अनावरण कार्यक्रम आयोजना गर्ने भएको छ । उक्त उत्सवको तयारी पूरा भएको समेत आयोजकले जनाएको छ ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा समितिले पत्रकार सम्मेलन गर्दै उक्त उत्सवबारे जानकारी गराएको हो । समितिका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनाराणय शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरणका साथै तेस्रो ईन्द्रदह पर्यटन उत्सवको फागुन ९ गते अपरान्ह १२ बजे उद्धघाट्न गर्ने कार्यक्रम रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चन्द्रागिरी नगरपालिका वडा नं १ का वडाअध्यक्ष राजेन्द्र केसीले पहिले अर्ध कदको शालिकको रहेको स्थानमा प्रधानमन्त्रीकै आग्रहमा पूर्ण कदको शालीक अनावरण गर्न लागिएको जानकारी दिए ।

यसअघिका दुई वटा महोत्सव तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले (२०५५) सालमा र २०७३ सालमा तत्कालिन् प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाट्न गरेको पनि उनले जनाए ।

ईन्द्रदह पर्यटन विकासको सम्भावना बोकेको स्थान भएको बताउँदै उनले अहिले धेरैनै सम्भावना बोकेको दहचोकबारे धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा विकास गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।

कार्यक्रममा बोल्दै पर्यटन प्रहरी प्रमुख अमृत बस्नेतले उक्त महोत्सवमा आफूहरुले पर्यटकहरुको सुरक्षाको बलियो प्रबन्ध गर्ने विश्वास दिलाए । उनले भने,‘यो स्थान आँफैमा एक ईतिहाँस बोकेको स्थल हो, पर्यटनका निमित्त पुग्ने सबैको पर्यटन–सुरक्षाको लागि राज्यको त्यहाँ उपस्थिति रहन्छ ।’

आफूहरुले पर्यटकको सुरक्षामा कुनैपनि किसिमको आँच आउन नदिने पनि उनले विश्वास दिलाए ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रचार–प्रसार उपसमितिका संयोजक अवन्ती सिग्देलले ईन्द्रदह काठमाडौँबाट नजिकै रहेरपनि ओझेल परेको गुनासो पोखे । उनले काजि कालु पाँडेको शीर समाधी तथा धार्मीक ठाँउको रुपमा यसलाई विकास गर्नुपर्नेमा जोड दिए ।

‘यो एक धार्मिक, ऐतिहासिक, राजनैतिक, पुरातात्विक एवमं पर्यटकीय महत्व बोकेको स्थान हो, त्यसकारण यसको धार्मिक तथा पर्यटन विकासमा सबैले जोड दिनुपर्छ ।’–उनले थपे । उक्त स्थानको पर्यटनका सम्भावनाहरुलाई राज्यले हेर्नुपर्ने सिग्देलको भनाई थियो ।

त्यस्तै कार्यक्रममा बोल्दै ईन्द्रदह एकिकृत पर्यटन विकास समितिका अध्यक्ष
हरिशरण थापाले पनि उक्त स्थान धार्मिक तथा ऐतिहाँसिक स्थलको रुपमा रहेको स्थललाई महत्व बाकेको धारणा राखेका थिए । उनले भने,‘१० ओटा गढी रहेको यो स्थानमा कालु पाँडेको ईच्छानुसार उनको शिर गोरखा देखिनेगरि समाधि गरेको ईतिहाँसमा रहेको छ ।’

उक्त उत्सब तथा शालिक अनावरणको अवसरमा गरिने सरसफाई कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेना तथा बिभिन्न बिद्यालय तथा सामाजिक संघ÷संस्थाहरुको पनि सहभागीता रहने उनले जानकारी दिए ।

आयोजकले उक्त क्षेत्रको समग्र विकासको लागि नेपाल भ्रमण–२०२० लाई दृष्टिगत गरि यस क्षेत्रको अझ विकास, संरक्षण एवम् प्रर्वद्धन गर्न दहचोकको पुरै रेन्जलाई नै विकास गर्ने लक्ष्य राखेको पनि जानकारी गराएको छ ।

काठमाडौंको नैकाप डाँडादेखि ईन्द्रदहहुँदै नागढुंगासम्मको क्षेत्र नै एउटै प्याकेजमा राखी समग्र क्षेत्रकै पर्यटन विकास गर्नुपर्ने बत्ताहरुको धारणा रहेको थियो ।

उनीहरुले पर्यटक पदमार्ग नैकापदेखि इन्द्रदहहुँदै नागढुंगासम्मै विश्रामस्थल, साईकल ट्र«ोल, होम–स्टे, होटल, सेमिनार हल, पार्कहरु लगायत अत्यावश्यक पर्यटकीय पूर्वाधारको विकास सरकारी तथा निजी क्षेत्रको सहभागितामा सम्पन्न गर्ने योजना रहेको रहेको सुनाएका थिए ।

पर्यटन विकासकै लागि उक्त स्थानमा ‘भ्यु–टावर’ को निर्माणको योजना पनि रहेको आयोजकले जनाएको छ । त्यस्तै समितिले आगामी ५ वर्षभित्र ईन्द्रदहमा आन्तरिक तथा बाह्य गरि ५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

समितिले जारी गरेको प्रेस वक्तव्यको पूर्णपाठ

तेस्रो ईन्द्रदह पर्यटन उत्सव
२०७५ फाल्गुन ९ गते
स्थान ः चन्द्रागिरि न.पा.–१, दहचोक, काठमाडौं

पे्रस विज्ञप्ती

ऐतिहासिक पृष्ठभूमी
काठमाडौं जिल्लाको पश्चिममा अवस्थीत दहचोक ईन्द्रदह एक धार्मिक, ऐतिहासीक, राजनैतिक, पुरातात्वीक एवं पर्यटकीय स्थान भएको ब्यहोरा सबैलाई अवगतै हुनुपर्दछ । सर्वप्रथम “दहचोक” नामाकरण सम्बन्धमा ऐतिहासिक तथ्य बुफ्दा दहंचोक अर्थात दहा (पोखरी) को उच्च भाग भएकोले नै दहचोक नामाकरण हुनगएको भन्ने किंवदन्ती रहेको छ । साथै ईन्द्रदह एवं ईन्द्र स्थानको सम्बन्धमा स्वर्गका राजा इन्द्र काठमाडौं शहरबाट स्वर्गलोक फर्कदा नुहाएको पोखरी एवं उनको मूर्ति सहितको मन्दिरहरु रहेको स्थान भएकोले ईन्द्रदह र ईन्द्र स्थान नामाकरण हुनगएको भन्ने पौराणीक लेखहरुले पुष्टि गरेको छ । त्यस्तै उल्लेखित स्थानको उच्च भागमा राष्ट्र« निर्माता पृथ्वीनारायण शाहले राज्य एकिकरणको शिलशिलामा कीर्तिपुर र काठमाडौं आक्रमण गर्दा शैनिकहरु एवं खरखजाना राखी लडाई गर्ने विभिन्न गढिहरु रहेको, हातहतियार राखी पूजा गर्ने कोतघर रहेको, गोरखा मनकामनाको प्रतिक स्वरुप मनकामना मन्दिर स्थापना गरी पूजाआजा गर्ने गरेको एवं कीर्तिपुरको लडाईमा वीर गति प्राप्त गर्ने पृथ्वीनारायण शाहका सेनापति काजि कालू पाँडेको शीर गोरखा देखिने गरि समाधी गरेको हुन । काजि कालू पाँडेको समाधी स्थल समेत रहेकोले यो एकदमै एतिहासीक तथा राजनितिक महत्वका स्थलहो । त्यसैगरि यस स्थानबाट उत्तर एवं पश्चिमतर्पmका अधिकांश हिमालहरु मनास्लु, लामटाङ, गणेश, अन्नपूर्णलगायत शिवपुरी, नागार्जुन, फुल्चोकी, चम्पादेवी, चन्द्रागिरि डाँडाहरुसमेत देखिन्छ । त्यसैगरि १७ औं सताब्दीको ईन्द्र इन्द्रायणी एवं भश्मेस्वर महादेवको मन्दिर एवं दक्षिण पूर्वतर्फ रहेको विन्ध्यवासीनी मन्दिर तथा स्वीजरल्याण्ड पार्कले प्रचलित पिकनिक स्थलसमेत रहेको हुँदा यो धार्मिक, पुरातात्वीक, ऐतिहासिक, राजनैतिक एवं पर्यटकीय गन्तव्य स्थलभएको पुष्टि हुने व्यहोरा जानकारी गराउनगइरहेको छु । यसैको आधारमा नेपाल सरकार पर्यटन मन्त्रालयले नेपालको १०० गन्तव्य सूचीभित्र यस स्थानलाई समावेस गरेको व्यहोरा समेत जानकारी गराउन चाहन्छु ।

इन्द्रदहएकिकृत पर्यटन विकास समिति गठन सम्बन्धमा
यस दहचोक ईन्द्रदहएवं काजिकालू पाँडेको समाधीस्थल सम्बन्धी माथिको तथ्यहरु रहँदा रहँदै हाल सम्म यस क्षेत्र पर्यटकीय एंवअन्य दृष्टिले पछाडि परिरहेको अवस्था तत्कालीन प्र.म. स्वर्गीय गिरीजा प्रसाद कोइरालाबाट २०५५ (सन १९९८) मा नेपाल भ्रमण वर्षको अवसरमा दहचोक महोत्सवको उद्घाटन गरि यस स्थानमा आगमन समेत भएको तथा उक्त पश्चात समेत यस क्षेत्रको अपेक्षाकृत विकास हुन नसक्दा एक शशक्त एवं कृयाशील संस्थाको आवश्यक देखि यस दहचोक लगायतका स्थानिय समाजसेवी, वुद्धिजीवी एवं सर्वपक्षीय राजनैतिक व्यक्तिहरुको वृद्ध भेलाले मिति २०७३ सालमा ईन्द्रदह एकिकृत पर्यटन विकास समिति नामक संस्था गठन भइ विधिवत रुपमाजि.प्र.का. काठमाडौं समाज कल्याण परिषदमासमेत दर्ता भई यस संस्थाको सकृयतामा २०७२ को महाभूकम्पले जीर्ण भएको यस ईन्द्रदह क्षेत्र, सामरीक महत्वको गढीहरु, मनकामना मन्दिर, कोतघर लगायतका महत्वपूर्ण धरोहरहरु ईन्द्र दहपर्यटन उत्सवसमेत गर्न सक्ने र यस थान सम्मपुग्ने पूर्वाधारहरु तयार हुने क्रममा रहेको व्यहोरा समेत अवगत गराउँदछु ।

पर्यटन उत्सव सम्बन्धमा
​दहचोक ईन्द्रदहएवं यस भेगलाई नै पर्यटकीय दृष्टिले अघि बढाउन एक शशक्त समिति गठन भई दर्ता भएपश्चात ईन्द्रदह क्षेत्रमा महाभुकम्पबाट जीर्ण रहेको धरोहरको पुनःनिर्माण तथा उल्लेखित स्थानसम्म पुग्ने भौतिक पूर्वाधारहरुको विकास विना आन्तरिक एवं वाह्य पर्यटक भित्राउन नसक्ने ढहराईमौजुदा समितिले एक वृहत अन्तरक्रिया गर्नूपर्ने देखी नेपाल सरकार पुरातत्व विभाग समेतको सहभागीतामा गर्न गइरहेको पूर्व संध्यामा २०७३ फाल्गुन ९ गते तत्कालिन समयमा पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्षश्री केपी शर्मा ओलीले यस स्थानको भ्रमण गरि सबै सम्पदाहरुको अध्ययनपश्चात प्रत्येक वर्ष फागुन ९ गते यस स्थानको भ्रमण गर्ने प्रतिवद्धता व्यक्त गर्दै गत वर्ष २०७४ फागुन ९ प्रधानमन्त्री भएको केहि दिनभित्रै हामीले आयोजना गरेको दोश्रो इन्द्रदह पर्यटन उत्सव २०७४ मा प्रमुख अतिथिको रुपमा आगमन भइ यस क्षेत्रको पुननिर्माण तथा रणनैतिक महत्वका गढीहरुलाई सेनाको सुरक्षा दिने कुरा एवं पूर्वाधार विकासको लागि आपूm र सरकारको तर्पmबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको अवस्थाबाट हामी अव तेस्रो उत्सव गर्न गइरहेकाछौं ।

त्यस्तै कालु पाँडेको समाधी स्थलसँगै प्रस्तावित कालु पाँडेको अर्धकदको शालिकको ठाउँमा पूर्णकदको शालिक राख्न सम्मानीय प्रधानमन्त्रीज्यूबाट निर्देशन भएपश्चात नेपाल सरकार पुरातत्व विभागको सहयोगमा यसपटक नै सो सम्पन्न भएको तथा चन्द्रागिरि न.पा. वडा नं. १ को विनियोजित बजेट रु. ८९ लाख र यस काठमाडौं क्षेत्र नं. ९ का माननीय सांसद कृष्णगोपाल श्रेष्ठ ज्यू को सिफारिसमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममार्पmत रु. ५० लाख विनियोजन गरि नपुग केहि रकम आगामी आ.व. मा थप गरि न.पा. को स्वीकृत ल.ईं. अनुसार ५ तल्ले भ्यू टावर दृष्यावलोकन टावर सम्पन्न गर्ने लक्ष्य लिएका छौं । यसबाट आन्तरिक एवं वाह्य पर्यटनलाई आकर्षित गरि यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पु¥याउने लक्ष्य वडा कार्यालय एवं यस समितिले लिएको छ ।

अन्त्यमा नेपाल भ्रमण २०२० लाई दृष्टिगत गरि यस क्षेत्रको अझ विकास, संरक्षण, सम्वर्धन गर्न हामीले दहचोक जष्ििकको रुपमा पुरै रेन्जलाई नै विकास गर्ने लक्ष्यलिएका छौं । त्यसको लागि पुरै नैकाप डाँडा देखि ईन्द्रदहहुँदै नागढुंगा सम्मको क्षेत्र नै एउटै प्याकेजमा राखी समग्र क्षेत्रकै पर्यटन विकास गर्नु पर्नेहुन्छ । जस्मा पर्यटक पदमार्ग नैकाप देखि इन्द्रदहहुँदै नागढुंगा सम्मै विश्रामस्थल, साइकल ट्र«ोल, होमस्टे, होटल, सेमिनार हल, पार्कहरु लगायतअत्यावश्यकपर्यटकीय पूर्वाधारहरु सरकार समितिएवं नीजि क्षेत्र समेतको सहभागीतामा सम्पन्नगर्ने यस समितिले लक्ष्यलिएको छ ।यसको लागिपर्यटन मन्त्रालयएवं नगरपालिकाको सम्बन्वयमा गुरुयोजना तयार गरि कार्यान्वयन गरिने छ । यसको परिणामस्वरुप आगामी ५ वर्षभित्र आन्तरिक एवं वाह्य गरि जम्मा ५ लाख पर्यटकको भ्रमण गराउने र त्यसबाट यस क्षेत्रको जनताको जिवनस्तरमा समेत उल्लेखणीय प्रगति हुने यस समितिले अपेक्षा लिएको छ । धन्यवाद ।

अवन्ती सिग्देल
संयोजक
प्रचार प्रसार उप समिति