नेपाल आइकाओकोबाट हट्यो, युरोपियनको कालो सूची कायमै

नेपाल आइकाओकोबाट हट्यो, युरोपियनको कालो सूची कायमै

काठमाडौं । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओको) कालो सूचीबाट नेपाल हटेको छ। संस्कृत पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारीले प्रतिनिधिसभाको शुक्रबारको बैठकमा यसबारे जानकारी गराएका हुन्।

समय लिएर सार्वजनिक महत्वको विषयमा संसदलाई जानकारी दिँदै उनले नेपालले आइकाओको उडान सुरक्षामापदण्ड पुरा गरेको प्रमाणपत्र पनि प्राप्त गरिसकेको जानकारी दिए। सन् २०१३ मा आइकाओले उडान सुरक्षा मापदण्ड नपुगेको भन्दै नेपाललाई गम्भीर सुरक्षा चासोको मुलुकको सुचीमा राखेको थियो।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको कालो सूचीबाट अब नेपालमुक्त भएको छ। आइकाओको उडान सुरक्षाको मापदण्ड विश्व सरदर ६० प्रतिशतको तुलनामा नेपालको ६६ दशमलव ८ प्रतिशत पुगेको छ।

सुरक्षा मापदण्ड पुरा गरेकाले नेपालले अन्तर्राष्ट्रिय नागरिक उड्डन आइकाओ काउन्सिल प्रेसिडेन्ट अवार्ड पाएको पनि मन्त्री अधिकारीले जानकारी दिए। उनले युरोपियन युनियनको सूचीबाट पनि ३ महिनाभित्र नेपाल हट्ने आश्वासन दिलाएका छन्। युरोपियन युनियनबाट समेत २०१३ डिसेम्बर देखि नेपाली वायु सेवा कम्पनीलाई युरोप उडानमा रोकावट गरेको थियो।