बिस्तारमुखि वितिय नितिले अर्थतन्त्र मा जोखिम निम्त्याउने आईएफएफको चेतावनि

बिस्तारमुखि वितिय नितिले   अर्थतन्त्र मा जोखिम निम्त्याउने आईएफएफको चेतावनि

काठमाडौं : अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५% रहने प्रक्षेपण गरेको छ । आइएमएफले आइतबार सार्वजनिक गरेको रिपोर्ट अनुसार उत्पादनमूलक तथा पर्यटन व्यवसायमा आएको सुधार र पुनर्निमाणको कामले गति लिंदै जाँदा नेपालको अर्थतन्त्र फराकिलो बन्दै गएको उल्लेख गरेको छ ।

यद्यपि, आर्थिक तथा वित्तीय नीतिहरु धेरै खुकुलो र विस्तारमुखी भएकाले मूल्यवृद्धिको चुनौती सामना गर्नुपर्ने अवस्था उत्पन्न हुन सक्ने कोषले भनेको छ । विशेषगरी गैर खाद्य पदार्थको मूल्य वृद्धि अधिक हुन सक्ने अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण छ ।

यस्तै, चालु खाताको घाटा वृद्धि, विदेशी मुद्रा सञ्चितिमा गिरावट र रेमिट्यान्समा कमीले थप जोखिम निम्त्याउन सक्ने पनि कोषले प्रतिवेदनमा उल्लेख गरेको छ । चालु आर्थिक वर्षमा चालु खाता २ अर्ब ७७ करोड डलर र आगामी आर्थिक वर्षमा ४ अर्ब १२ करोड डलर घाटामा जाने प्रक्षेपण रहेको छ ।

यस्तै, विदेशी मुद्रा सञ्चिति चालु आर्थिक वर्षमा ८ अर्ब ५५ करोड ८० लाख डलरमा सीमित हुने अनुमान गरिएको छ । आगामी वर्ष विदेशी मुद्रा सञ्चिति झन घटेर ६ अर्ब ७८ करोड ८० लाखमा खुम्चिने कोषले प्रतिवेदनमा उल्लेख गरेको छ ।

आइएफएफले विस्तारमुखी वित्तीय नीतिले आन्तरिक अर्थतन्त्रमा जोखिम उत्पन्न गर्नेतर्फ पनि नेपालाई सचेत गराएको छ । दीर्घकालीन वित्तीय स्थायित्वका लागि तत्काल तत्काल नीतिगत सुधार तथा थप कडाईका कदम अघि बढाउन पनि उसले सुझाव दिएको छ ।

यस्तै, बजेट खर्च र कार्यान्वयन क्षमता प्रभावकारी बनाउन पनि कोषले भनेको छ । भ्रष्टाचारको अन्त्य गरी लगानीको वातावरण सिर्जना गर्न कोषले सुझाव दिएको छ ।नेपाली पैसा