सन्दिप को टिम बिपिलको सेमिफाईनल मा

सन्दिप को टिम बिपिलको सेमिफाईनल मा

सन्दीप लामिछाने अष्ट्रेलियामा जारी बिग बास लिग सेमिफाइनलमा विकेटबिहीन बनेका छन् । पहिलो खेलमा सन्दीप विकेटबिहीन भए पनि उनको टिम मेलबर्न फाइनलमा प्रवेश गरेको छ । बिहीबार ब्याट फ्लिप जितेर पहिले बलिङ रोजेको मेलवर्नले होबार्ट हुरिकेन्सलाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

होबार्ट हुरिकेन्सले दिएको १५४ रनको लक्ष्य मेलबर्नले १८ ओभर ५ बलमा पूरा गर्यो । खेलमा मेलबर्नका लागि ग्लेन म्याक्सवेलले अविजित ४३ रन बनाए भने सेब कोट्च ३३ रनमा अविजित रहे भने पिटर ह्याण्ड्सकम्बले ३५, निक म्याडिस्सन र मार्कस स्टोइनिसले समान १८ रन बनाए । त्यस्तै होबर्टका कुइस अहमेदले ३ र ज्याफ्रा आर्चरले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको होबार्टले २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । होबार्टका लागि बेन म्याकडर्ममोटले अर्धशतकीय इनिङस खेल्दै ५३ रन बनाए भने जर्ज बेलीले ३७ र माथ्यु सर्टले ३५ रन बनाए ।

मेलबर्नका लागि ड्यानिएल वारेलले ४ र एडम जाम्पा र ड्यान ब्राभोले समान १/विकेट लिए । सन्दीप भने पूरै ४ ओभर बलिङ गरे पनि विकेटबिहीन रहे । उनले ४ ओभरमा ३१ रन खर्चिए । यसपछि उनले खेलेको टिम मेलबर्नले उपाधिका लागि सिड्नी सिक्सर्स र मेलबर्न रेनेगाड्सबीचको विजेतासँग खेल्ने छ्