प्यान दर्ताको लागि सहजिकरण डेस्क स्थापना गर्न ब्रोकर लाई नेप्सेको निर्देशन

प्यान दर्ताको लागि सहजिकरण   डेस्क स्थापना  गर्न  ब्रोकर लाई  नेप्सेको निर्देशन

काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले स्थायी लेखा नम्बर (प्यान) लिन चाहने लगानीकर्तालाई सहजीकरण गर्न ब्रोकरहरुलाई निर्देशन दिएको छ । नेप्सेले प्यान दर्ताका लागि आवेदन दिन चाहने लगानीकर्तालाई सहज बनाउन ब्रोकर कार्यालयम प्यान दर्ता सहजीकरण डेक्स राखी कर्मचारीको पनि व्यवस्था गर्न धितोपत्र दलाल कम्पनीहरुलाई निर्देशन दिएको हो ।

नेपाल धितोपत्र बोर्डले वैशाख १ गतेदेखि सेयर खरिद गर्दा प्यान अनिवार्य गर्ने निर्णय गरेको छ । उक्त निर्णय कार्यान्वयनका लागि आवश्यक पूर्वतयारी गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम नेप्सेले ब्रोकरहरुलाई सहजीकरण डेक्स स्थापना गर्न भनेको छ ।

यस अघि लगानीकर्ता र नेप्सेको बैठक बसी पुँजी बजार सुधारका अन्य कामहरु सकेर मात्र प्यान कार्यान्वयनको काम बढाउने निर्णय भएको थियो । उक्त बैठक प्यान लागू गर्नका लागि पर्याप्त पूर्वतयारी र लगानीकर्ता सचेतनाका काम गर्नुपर्ने निष्कर्षमा पुगेको थियो । नेपाली पैसा