हामी माथि सरकारले हैकम जमाउन खोजे ओली र प्रचण्डलाई हत्कडी लगाउँछौं’

हामी माथि सरकारले हैकम जमाउन खोजे ओली र प्रचण्डलाई हत्कडी लगाउँछौं’

काठमाडौं, १८ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी यूनियन (क्रान्तिकारी)ले आफ्ना संगठनका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिकलाई अविलम्ब रिहाई गर्न सरकारसंग माग गरेको छ ।

शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे संगठनले माघ १७ गते (हिजो) साँझ विराटनगरबाट काठमाडौँ फकिने व्रmममा पक्राउ परेका विश्वकर्मालाई बिना सर्त तुरुन्त सकुशल रिहाईको माग गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष चिरञ्जिवी ढकालले अहिलेको सरकारले प्रहरी लगाएर अपहरण शैलीमा विश्वकर्मालाई गिरफ्तार गरेको भन्दै पनि आरोप लगाए ।

उनले भने,‘कमरेड नरेन्द्रको गिरफ्तारी प्रतिक्रान्ति को एउटा अमानवीय पराकाष्ठा भयको र झुठ्ठा मुद्दा लगाएर जेल, नेल र यातना दिएपछि क्रान्ति को प्रवाहलाई रोक्न सकिने ध्येय राख्नु वर्तमान सामाजिक दलाल पुँजीवादी सरकारको दिवा सपना मात्र हो ।’

उनले सत्तामा रहेकाहरुलाई दलालको संज्ञा दिँदै उनीहरुले देशको पैसा मनोमानी हिसावले खाईरहेको पनि गम्भिर आरोप लगाए । उनले भने,‘हामीले स्वाधिनता र राष्ट्रको लागि गरेको काम देखि नसहने ?’

उनले विश्वकर्माको तुरुन्त रिहाईको माग गर्दे हिजो क्रान्तिकारीमाथि धावा बोल्दाको अवस्थाको स्मरण गर्न पनि सरकारलाई सचेत गराए । उनले वर्तमान सरकार विचार, मुल्य, मान्यता र आदर्शबाट पुरै विचलित भएको पनि आरोप लगाए ।
Q
उनले हाम्रा विरुद्ध षड्यन्त्र नगर्न हामी सरकारलाई गम्भिर चेतावनी दिन चाहन्छौँ । हाम्रा कार्यकर्ता कहाँ र कहिले पक्राउ गर्ने भनेर ढुक्ने सरकारले ताकत भए देशको सिमामा गएर देखाए हुन्छ ।’ पक्राउ परेका बि.क.लाई अविलम्ब रिहाई नगरे सरकारलाई बाटो हिँड्नमा प्रतिबन्ध लगाउने आफूहरुको आगामी कार्यक्रम रहेको पनि उनले घोषणा गरे ।

मुलुकले प्राप्त गरेको गणतन्त्र र लोकतन्त्रमा आफ्नो पार्टीको अहम भुमिका रहेको बताउँदै उनले बरु वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको यसमा कुनै भूमिका नरहेको जिकिर गरे । उनले भने हामी माथि सरकारले हैकम जमाउन खोजे ओली र प्रचण्डलाई हत्कडी लगाउनेछौ । लोकतन्त्र केपी ओलीको पैैतृक सम्पत्ति होईन, हाम्रो बलिदानले देशमा परिवर्तन आएको हो ।’

न्युनतम प्रजातन्त्रको नियम नजान्ने सरकारले प्रजातन्त्रको वकालत गर्दे आफूहरुमाथी प्रभाव जमाउन खोजेकै हो भने बन्दुक चलाउन आफुहरुलाई पनि आउने उनले चेतावनी दिए ।

नेत्रविक्रम चन्द ‘बिप्लव’ नेत्तत्वको नेकपा माओबादीले देशको स्वाधिनताको निम्ति र देशमा ब्याप्त भ्रष्टाचारको लागि बिरोध देखाएका कारण सरकारले आफ्नो मुल पार्टीका ठुला नेताका परिवारलाई नियोजित रुपमा फसाएर मानसिक चिन्तामात्र दिन खोजेको पनि उनको आरोप रहेको छ ।

संगठनले तुरुन्त आफ्ना कार्यकर्ताको रिहाई नगरे आगामी बिरोधका कार्यक्रमको पनि घोषणा गरेको छ । उनका अनुसार यही माघ २० गते देशभरिका शैक्षिक संस्थाहरुमा बिरोध जनाउने, माघ २२ गते देशभरिका पार्टी कार्यकर्ता सडकमा उतार्दै विरोध सभाको आयोजना गर्ने, माघ २३ गते मसाल जुलुस निकाल्ने र माघ २४ गते देशभरिका सम्पुर्ण शैक्षिक संस्था बन्द गर्ने कार्यक्रम रहेका छन् । ।

त्यस्तै कार्यक्रममा बोल्दै संगठनका महासचिव प्रकाश शाहीले व्रmान्ति र व्रmान्तिकारीहरुसँग वर्तमान सरकार डराएको आरोप लगाए । उनले भने,‘त्यही भएर विभिन्न झुटा मुद्दा सृजना गरेर र षड्यन्त्र रचेर फसाउने नियतले कमरेड नरेन्द्र विकलाई गिरफ्तारी गरिएको हो ।’

उनले भने,‘जब दलाल क्रान्तिकारी र क्रान्तिकारी को विरुद्धमा हर प्रकारका षड्यन्त्र र दमन तिव्र बनाउँछन् तब उनीहरुको चिहान खन्ने काम त्यहीँबाट सुरु हुने भएकोले वर्तमान सरकार आफ्नो चिहान आफैँ खन्दै गैरहेको छ ।’