माघी पर्व युएईमा भव्य रूपमा सम्पन्न

माघी पर्व युएईमा भव्य रूपमा सम्पन्न

फलेन्द्र बलम्पाकी मगर / युएई

गत जनवरी -२५ तारीख युएईमा विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भयो। नेपाल मगर संघ का केन्द्रिय अध्यक्ष नवीन रोका मगरको प्रमुख आतिथ्य मा। पानसमा बत्ती बालेर कार्यक्रमको समुदघाटन गरे। कार्यक्रमको अध्यक्षता टंक थापा मगरले गरेका थिए भने विभिन्न संघ संस्था बाट आमन्त्रित अतिथि हरु मंच मा आसिन थिए। उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित अतिथि कलाकार रिना थापा मगरले । आफ्ना विविध मनोरञ्जनात्मक प्रस्तुतिले उपस्थित दर्शक दिर्घालाइ भरपुर मनोरञ्जन प्रदान गरेका थिए।

निर्धारित समयभन्दा कार्यक्रम केही ढिलो शुरुआत भएपनि आकर्षक र मनोरञ्जनात्मक कार्यक्रमले उपस्थित दर्शकहरू लाई मन्त्र मुग्ध बनाए । आमन्त्रित अतिथी हरु लाई मौलिक पन्चे बाजाले स्वागत गर्दै मुल गेट बाट प्रवेश गराए। प्रमुख अतिथि केन्द्रिय अध्यक्ष नवीन रोका मगरले । जनजातिहरूको पहिचान झल्काउने सांस्कृतिक चाडपर्वमा हालै सरकारले सार्वजनिक बिदा कटौती गरेकोमा । जनजातिहरु ले पून: दबाबमूलक आन्दोलन गरे पश्चात् । सार्वजनिक बिदा पून: सरकारले स्वीकृत गरेकोमा नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरे । बडो विडम्बनापूर्ण र संकीर्ण लाग्छ वैदेशिक कुटनैतिक नियोग दूतावास का पदाधिकारी हरु को पुर्वाग्रहि र कुन्ठित भावना देखेर। विभिन्न उत्सव र राष्ट्रियताको प्रसंगमा आदिवासी जनजाती लाई विविध सांस्कृतिक झाँकी का लागि मात्रै प्रयोग गर्ने गरेको प्रष्ट देखियो । मगर , थारु र अन्य सामुदायको राष्ट्रिय पर्व माघी मेलामा । दूतावासलाई पत्राचार गर्दासमेत नेपाली दूतावास युएईले अन्तिम समयमा आएर सहभागी नहुने जानकारी गराए।

यसको प्रत्यक्षदर्शी का रूपमा देखेका प्रमुख अतिथि तथा नेपाल आदिवासी जनजाति महासंघ का प्रवक्ता समेत रहेका नवीन रोका मगरले नेपाल सरकार सँग यसको जवाफ माग्ने प्रतिबद्धता समेत गरे। त्यस्तै अर्का बिशेश अतिथिका रूपमा पाल्नु भएका नेपाल मगर संघ , युके का अध्यक्ष नेम थापा मगरले । विश्वभरि रोजगारी को सिलसिलामा विभिन्न मुलुकहरू मा पुगेका मगर सामुदाय हरु एक ढिक्का भएर संगठित हुनुपर्ने मा जोड दिए। हालसम्म ४३ वटा देशहरूमा मगर संघको प्रवास संगठन रहेको छ। उपस्थित दर्शक तथा पाहुना हरु लाई मगर हरु को मौलिक परिकार हरु नि:शुल्क खुवाएका थिए।

भाग्यशाली चिठ्ठा को पनि आयोजना गरिएको थियोे । जस अन्तर्गत प्रथम पुरस्कार खडग राना मगर। द्वितीय पुरस्कार यमन घर्ती मगर । तृतीय पुरस्कार राम प्रसाद पन्त र अन्य धेरै जनाले सान्त्वना पुरस्कार पनि प्राप्त गरे। औपचारिक कार्यक्रम महासचिव डोल राना मगरले संचालन गरेका थिए भने । अनौपचारिक कार्यक्रम राजेन्द्र सिन्जाली मगर र शानिका थापा मगरले संचालन गरेका थिए।