उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

उपचार खर्च तिर्न नसक्दा अस्पतालमै बन्धक

परासी । नवलपरासीको सुनवल नगरपालिका–४ हडाहाका रामदारस बेलदार बुटवलस्थित जेनस अस्पतालमा विगत दुई महिनादेखि बन्धक छन । अस्पतालमा लागेको उपचार खर्च तिर्न नसक्दा उनलाइ अस्पतालले बन्धक बनाएको छ ।
गत कात्तिकमा ठेकेदार थगवा चौधरीको ट्र्याक्टरले खेत जोत्दै गर्दा बेलदार ट्र्याक्टरबाट खेसेर ट्र्याक्टरको हलोमुनि परी गम्भीर उनी घाइते भएका हुन । घाइते भएका उनलाई जेनस अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा खर्च भएको करीब नौ लाख मध्ये बिरामीका परिवार अहिलेसम्म चार लाख तिरिसकेको बताएका छन । बाँकी रहेको रकम अस्पताललाई तिर्न नसकेपछि बेलदारलाई अस्पतालमा नै बन्दी बनाइराखेको उनका आफन्तले बताए ।
अस्पतालमा भएको खर्च मध्ये केही रकम ट्र्याक्टरधनी चौधरीले तिरिदिएको भए पनि बाँकी पैसा तिर्न नसकेपछि बिरामीलाई अस्पतालले घर जान दिएको छैन । केही पैसा गाउँमा चन्दा उठाएर दिने र केही पैसा अस्पतालले छुट गरिदिन माग गर्दासमेत अस्पतालले अस्वीकार गरेको घाइतेका आफन्त बताउछन ।
ज्यालादारी गरेर परिवार चलाउँदै आएका मजदुर बेलदारको परिवारमा ससाना तीन बच्चासहित पाँच जनाको परिवार छ । परिवारको मुख्य व्यक्ति नै अस्पतालमा बन्धक भएपछि बेलदार परिवारलाई अहिले दैनिक छाक टार्न समस्या भएको छ ।