सर्लाही सेवा समाज , युएई द्वारा दुबईमा नायक निखिल उप्रेती लाई कदर पत्र द्वारा सम्मान ।

सर्लाही सेवा समाज , युएई द्वारा दुबईमा नायक निखिल उप्रेती  लाई कदर पत्र द्वारा सम्मान ।

फलेन्द्र बलम्पाकी मगर / युएई

डिस्कोभरी रोयल स्पोर्ट्स प्रालि तथा Discovery Royal Sports LLC का संचालक चितवन निवासी ॐम उप्रेतीले । नेपाल का ७७ वटै जिल्ला हरु मा। मानव जिवनमा अत्यन्तै उपयोगी हुने विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि। नि:शुल्क प्राथमिक उपचार तालीम दिइने लक्ष्यका साथ । हालै प्रहिलो र दोस्रो चरण अन्तर्गत १६ वटा जिल्ला हरु मा तालीम सम्पन्न गरि। तेस्रो चरण अन्तर्गत १० वटा जिल्ला हरु लाभान्वित हुनेगरी । आगामी फाल्गुन ८ गतेदेखि । ओखलढुंगा बाट उदयपुर , ईलाम , भोजपुर , खोटाङ , संखुवासभा , धनकुटा , पाँचथर , तेह्रथुम र ताप्लेजुङ मा । नि:शुल्क प्राथमिक उपचार तालीमको आयोजना गर्ने। घोषणा सभा तथा सामाजिक संघ संस्था लगायत विभिन्न व्यक्तित्व हरु लाई सम्मान कार्यक्रम दुबईमा सम्पन्न भयो।

नेपाली राजदुतावास , युएई का कार्यबाहक राजदुत सागर फुयाल ज्यू को प्रमुख आतिथ्यमा र बिशेष आतिथ्य मा नेपाली समाज , युएई का अध्यक्ष चन्द्र प्रसाद सापकोटा थिए। बिशेष अतिथि चन्द्र प्रसाद सापकोटाले हरेक वर्ष युएईमा । नेपाली हरु ले विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा मात्रै ३ मिलियन रुपैयाँ खर्च गर्दै आएको र मानवीय जिवनमा अति उपयोगी हुने यस्ता कार्यक्रम हरु सबै संघ संस्था हरु ले गर्नुपर्ने कुरामा जोड दिए।

यस नि:शुल्क प्राथमिक उपचार तालीम का ब्रान्ड एम्बेसडरका रूपमा एक्सन नायक निखिल उप्रेती ले भुमिका निर्वाह गर्दै आउनु भएको छ। सोही घोषणा सभामा सहभागी हुन दुबईमा आउनु भएका सर्लाही जिल्ला निवासी एक्सन नायक निखिल उप्रेती लाई। युएईमा सक्रिय रूपमा रहेका सर्लाही सेवा समाज , युएई ले । नेपाली चलचित्र जगतमा पुर्याउनु भएको योगदान को उच्च कदर गर्दै । खादा तथा कदर पत्र द्वारा अध्यक्ष फलेन्द्र बलम्पाकी मगरले सम्मान गरे ।

उक्त कार्यक्रममा नायक निखिल उप्रेतीले आफ्नो छोटो मिठो मन्तव्यका क्रममा । गलत नेतृत्व का कारण देश विकास हुन नसकेको र विदेशमा रहेका सम्पुर्ण नेपाली हरु लाई । मनमा नेपाल बोकेर हिड्न आग्रह गरे। संचार माध्यम हरु ले भ्रामक कुराहरु लाई मात्रै बढी प्राथमिकता का साथ लेख्ने र छाप्ने गरेकोमा असन्तुष्टि व्यक्त गरे।