सार्वजनिक बिदाको कटौती गरिएकोमानेपाल आदिवासी जनजाती महासंघ द्वारा भत्सना

सार्वजनिक बिदाको कटौती गरिएकोमानेपाल आदिवासी जनजाती महासंघ द्वारा  भत्सना

फलेन्द्र बलम्पाकी मगर / युएई

केही महिना अघि संघीय गणतान्त्रिक सरकारले । आदिवासी जनजाती हरु सँग परामर्श नै नगरी एक्कासि । परापुर्वकाल देखि मान्दै आएको । आ आफ्नो परम्परागत सांस्कृतिक चाड पर्व हरु । माघे संक्रान्ती , उभौली , सोनाम ल्होछार , ग्याल्पो ल्होछार बक्र ईद र ईद जस्ता अन्य सांस्कृतिक र धार्मिक चाड पर्व हरु मा । नयाँ संविधान अनुरुप बनेको संघीय लोकतान्त्रिक सरकारले दिइदै आएको सार्वजनिक बिदाको कटौती गरिएकोमा । नेपाल आदिवासी जनजाती महासंघ को प्रवास शाखा युएई ले पनि घोर आपत्ति जनाएका छन।

२०६२/६३ को दोस्रो जनआन्दोलन पश्चात् । आदिवासी जनजाति र उत्पीडित वर्ग हरु ले प्राप्त गरेको उपलब्धि लाई । हालै सरकारको मन्त्री परिषदले गरेको निर्णय प्रती असहमति जनाउदै । नेपाली राजदुतावास युएईका कार्यबाहक राजदूत महामहिम सागर प्रसाद फुयाल मार्फत । सम्माननिय प्रधानमन्त्री लाई आफ्नो ज्ञापनपत्र बुझाएको हो।
आदिवासी जनजाती हरु ले हरेक चाड पर्वमा पाउदै आएको सार्वजनिक बिदालाई पून: निरंतरता दिनुपर्ने माग राख्दै । आफ्नो ज्ञापनपत्र बुझाएको । नेपाल आदिवासी जनजाती महासंघ युएई का अध्यक्ष पासङ्ग रिन्छी शेर्पाले हामीलाईबताए