८ डिसेम्बरको प्रतिक्षा र मिस शृंखलाको सम्भावना कति

८ डिसेम्बरको प्रतिक्षा र मिस शृंखलाको सम्भावना कति

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायतमा केही दिनयता शृंखला खतिवडा भाइरल बन्दै आएकी छन् । ‘मिस नेपाल–२०१८’को विजेता बनेपछि ‘मिस वल्र्ड’मा सहभागी हुने अवसर पाएकी खतिवडाको ‘पर्फमेन्स’ले नेपालीलाई हौसाएको छ किनकि अहिलेसम्म ‘मिस वल्र्ड’मा सहभागी भएका नेपाली सुन्दरीको तुलनामा खतिवडा निकै अगाडि बढेकी छन् । चीनको सान्यमा जारी ‘मिस वल्र्ड–२०१८’मा खतिवडा ‘टप–३०’मा परेकी छन् ।
शृंखला खतिवडालाई ‘मिस वल्र्ड बनाउँ’ भन्ने हेतुले सामाजिक सञ्जाल रंगिँदै आएको छ । पक्कै पनि एक नेपाली चेलीले ‘मिस वल्र्ड’ उपाधि चुम्यो भने गर्वको कुरा हुने छ किनकि जसले नेपाल र नेपालीको शान त हुन्छ नै, यसले सरकारले घोषणा गरेको पर्यटन वर्षलाई समेत टेवा पुग्नेछ । तर, मिस शृंखलाले ‘मिस वल्र्ड’ उपाधि जित्नु त्यति सजिलो छैन । तैपनि अहिलेसम्म सान्यामा गरिरहेको उनको प्रदर्शन पनि ठूलै उपलब्धी मान्न सकिन्छ । १२३ मुलुकमा सुन्दरीबीच प्रतिस्पर्धा गरेर टप–३० मा पर्नु स्वभाविक पक्कै होइन । त्यसैले शृंखला हारे पनि नेपालीले चित्त बुझाउनुपर्छ ।

‘मिस वल्र्ड–२०१८’ को ग्राण्ड फिनाले यही ८ डिसेम्बर अर्थात शनिबार सान्या सहरमा हुँदैछ । जसका लागि शृंखलालाई भोट गर्ने र उनलाई जिताउन नेपाली लागिपरकेका छन् । र, केही आशा गर्ने ठाउँ अझै छ ।
‘हेट टु हेड’बाट बाहिरिएकै कारण ‘टप–३०’मा पुगेर ‘मिस वल्र्ड’ ताज पहिरिने बाटो शृंखलाका लागि बन्द भइहालेको छैन । हालसम्म १३ प्रतिस्पर्धी ‘टप–३०’मा पुगेका छन् । १७ छानिन बाँकी छन् । १० प्रतिस्पर्धी ‘हेड टु हेड च्यालेन्ज’का आधारमा र अन्य तीन ट्यालेन्ट, स्पोर्टस् र डिजाइनर प्रतिस्पर्धाबाट अर्को चरणका लागि छानिएका हुन् । बाँकी १७ मध्ये १५ जना ‘जर्ज’ले आफैँ छनोट गर्नेछन् । मल्टिमिडिया र ‘व्यूटी विथ द पर्पस’बाट एक–एक जना छानिने छन् ।
मल्टिमिडियामा शृंखलाको सम्भावना बलियो छ । यसमा फेसबुक, मोबस्टार एप, मिस वल्र्डको वेबसाइट आदिबाट प्राप्त भोट गणना हुन्छ । मिस वल्र्लको अफिसियल साइटमा शसंखलाको पक्षमा सबैभन्दा धेरै ३५ प्रतिशत भोट छ ।

सामाजिक सञ्जाल फेसबुकमा पनि उनको पकड बलियो देखिएको छ । मोबस्टार एप डाउनलोड गरेर भोट गर्न विभिन्न सर्कुलर भएका छन् । त्यसैले शृंखलाले यसमा धेरै आश गरेकी छन् । ‘टप ३० का लागि अझै पनि सम्भावनाहरु बाँकी छन् । १७ स्थान खाली छ’ शृंखलाले भनेकी छन्, ‘ब्यूटी विथ पर्पस् र मल्टिमिडियामा पनि सम्भावना राम्रो सम्भावना छ, त्यसैले तपाइँहरु नआत्तिनु होला ।’
यदि यी दुई उपाधि प्राप्त गर्न सकिनन् भनेपनि ‘जज’को उत्कृष्ट १५ मा परेर ‘टप–३०’मा पर्ने सम्भावना रहन्छ । शृंखलाले जारी प्रतियोगितामा जबर्जस्त फरकशैली, कलात्मक प्रस्तुती प्रदर्शन गरिरहेकी छन् । शुभेच्छुकहरूबाट पाइरहेको समर्थनका कारण पनि ‘जज’का लागि उनी नजरअन्दाज गर्न नसकिने प्रतियोगी बनेकी छन् ।