नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

नेपाल, भारत र श्रीलंकाबीच ‘प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज’ हुने

काठमाडौं, ९ मंसिर । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा (प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज–२०१९) को आयोजना हुने भएको छ ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा महाकाली स्पोर्ट्स सोसाईटीले पत्रकार सम्मेलन गरेर नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रि–देशीय सम्बन्धलाई अझ प्रगाढ बनाउनको लागि उक्त प्रतियोगिता गर्न लागिएको जानकारी दिएको हो ।
महाकाली स्पोर्ट्स सोसाईटीका अध्यक्ष समुन भट्टले नेपालको आधिकारिक संस्था (क्यान) निलम्बनमा पर्दासमेत क्रिकेटरहरुले देशप्रति पुर्याएको अतुलनीय योगदानलाई स्मरण गर्दै आफूहरुले फेरि पनि नेपाली क्रिकेटको विकासको लागि उक्त प्रतियोगिता गर्न लागेका स्पष्ट पारे ।
उनले भने,‘नेपालको आधिकारिक संस्था (क्यान) निलम्बित हुँदासमेत नेपाली क्रिकेटरहरुले देशको लागि ठूलो योगदान दिएका छन्, हामीले विगतकोभन्दा ठूलो प्रतियोगिता गरेर नेपाली क्रिकेटरलाई अवसर, नयाँ प्रतिभाको खोजी र नेपाल, भारत र श्रीलङ्काबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले २०७५ माग १ गतेदेखि १० गतेसम्म यो प्रतियोगिता गर्न लागेका छौं ।’
नेपालको तर्फबाट नेपाल राईनोजको नेतृत्व मञ्जीत श्रेष्ठले गर्नेपनि उनले जानकारी दिए । उनका अनुसार प्रशिक्षकको रुपमा मनोज कटुवाल रहनेछन् भने दिनेश कुमारको कप्तानीमा भारतीय टिमले भाग लिनेछ । उता श्रीलङ्काको तर्फबाट सानुख धनन्जयको कप्तानी रहनेपनि उनले जनाए ।
श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ ।
त्यस्तै कार्यक्रममा प्राइम टाईम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले नेपाली जनतालाई सधैं खुशी पार्दै नेपाली क्रिकेटरले अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान)को अनुपस्थितिका बाबजुद पनि सीमित स्रोत र साधनकाबीच राष्ट्रप्रति देखाएको समर्पण अनुकरणीय रहेको सुनाए ।
उनले भने,‘हामी त्रिदेशीय क्रिकेट प्रतियोगीता गरेर सम्बन्धलाई थप नयाँ उचाई दिन चाहन्छौं, यस अवस्थामा सबैको साथ सहभागिता र सकारात्मक भूमिका खेलिदिन हार्दिक आग्रह गर्दछु ।

प्रेस विज्ञप्ति
मिति २०७५÷०८÷०९
नेपाली खेलकुदको गौरवमय ईतिहासमा क्रिकेट खेललाई सम्भवत सबैभन्दा प्रतिष्ठित सफलता दिलाएको खेलका रूपमा लिईन्छ । नेपाली जनतालाई सधैं खुशी पार्दै नेपाली क्रिकेटले अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) अनुपस्थितिका बाबजुद पनि नेपाली क्रिकेट खेलाडीहरुले सीमित स्रोत साधनकाबीच राष्ट्रपति देखाएको समर्पण अनुकरणीय छ ।
नेपाललाई एक पटक टि÷ट्वान्टी क्रिकेटको विश्वकपमा उभ्याएनु, एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाउनु र बर्तमान बिश्व क्रिकेटको शक्तिशाली भारतलाई समेत जुनियर नेपाली टोलीले हराएर क्रिकेट खेलाडीहरुले आम नेपालीको शीर ठाडो पारेका थिए । यसै ऐतिहासिक सफलताको जगलाई बलियो एवम् चीरस्थायी बनाउन नेपाली क्रिकेटलाई माया गर्ने सम्पूर्ण सरकारी, निजी खेलकुद संस्थाहरुबीच हातेमालो हुन जरुरी छ ।
यसैबीच नेपाली क्रिकेटको बिकास र नयाँ प्रतिभाको खोजी गर्न महाकाली स्पोर्ट्स सोसाइटी र नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्टको सयुक्त आयोजनामा २०७५ माघ १ गतेदेखि १० गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वबिद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल, भारत र श्रीलंकाका चर्चित क्लबहरुका बीच प्राईम टाईम्स टि ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज (२०१९ ) को आयोजना गरिने भएको छ ।
नितान्त नेपाली क्रिकेट खेलको बिकासका लागि यो प्रतियोगिताको आयोजना गर्न लागिएको हो । नेपाली टोलीको चयन क्याम्पको आयोजना गरि टिम घोषणा गरिनेछ । धनरासि र पुरस्कारको बारेमा अर्को प्रेस मिटमा जानकारी दिनेछौं ।
यो प्रतियोगितालाई सभ्य भब्यका साथ संचालन गर्न सम्पूर्ण संघ सस्था एवं राज्यको चौथो अंगका रूपमा रहेका पत्रकार मित्रहरूले प्रचार–प्रसार गरि सहयोग गरिदिन अनुरोध गरिन्छ ।
सुमन भट्ट
अध्यक्ष
महाकाली स्पोटर््स सोसाईटी