पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिन निर्देशन

पप्पु कन्स्ट्रक्सनलाई नयाँ ठेक्का नदिन  निर्देशन

काठमाडौं : सार्बजनिक खरिद अनुगमन कार्यालय, ताहाचलले मंगलबार एक सूचना जारी गरी कालो सूचीका लागि सिफरिस गरिएको पप्पु कन्स्ट्रक्सनलाई सार्वजनिक निकायका नयाँ खरिद कार्यमा सहभागी नगराइने जानकारी गरायको छ्।सिक्टा सिंचाइ आयोजना बाँकेले कोस्टल पप्पु जेभी तीनकुनेलाई कालो सूचीमा राख्न भन्दै कात्तिक २६ गते सार्वजनिक खरिद अनुगमन कार्यालयलाई पत्र लेखेको थियो सोही पत्राचारका आधारमा सार्वजनिक खरिद नियमावली-२०६४, अनुसार पप्पुलार्इ नयाँ टेण्डर प्रक्रियामा सहभागी नगराउने निर्णय गरेको बताइएको छ । सूचनामा लेखिएको छ निज निर्माण व्यवसायीलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा मुलुकलाई थप हानी नोक्सानी हुने जनताको जीवनस्तरमा नै असर पर्ने निर्णय कार्यालयले गरेको थियो ।