वायु प्रदूषण ५ गुणा बढ्यो,

वायु प्रदूषण  ५ गुणा बढ्यो,

काठमाडौं — एक सातादेखि वायुको गुणस्तर खस्किए पनि सम्बन्धित निकायले नियन्त्रण र सावधानीका कार्यक्रम ल्याउन भने सकेको छैन। गुणस्तर सुधारका लागि कार्यक्रम नरहेको विभागका सूचना अधिकारी शंकरप्रसाद पौडेलले बताए। जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उनको सुझाव छ ।नेपालका सात सहरमा काठमाडौं, चितवन, नेपालगन्ज, दाङ, पोखरा, ललितपुर र सिमराको वायु प्रदूषण राष्ट्रिय मापदण्डभन्दा पाँच गुणासम्म बढेको वातावरण विभागको तथ्यांक बताउछ्।

श्वासप्रश्वासका लागि वायुको गुणस्तर सरकारले ४० पीपीएम तोकेको छ। तर सात दिनयता नेपालगन्जमा वायुको गुणस्तर शनिबार एक सय ४५ पीपीएमसम्म पुगेको छ भने
यी सहरमा दुई दशमलव पाँच माइक्रोनका वायुको स्तर ६० पीपीएम पार्ट पर मिलियन भन्दा माथि काटेको छ। यो वायु २४ सै घण्टा श्वासप्रश्वासका लागि योग्य होइन।

सवारीसाधनले निकाल्ने धूवाँका कारण काठमाडौंमा ३८ प्रतिशत वायुप्रदूषण हुने गरेको अध्ययनले देखाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का प्राज्ञ मदनलाल        श्रेष्ठले एक कार्यक्रममा वायु प्रदूषणका कारण नेपालमा प्रत्येक वर्ष करिब ३५ हजार मानिसको मृत्यु हुने गरेको बताए। वायु प्रदूषणमा दुई दशमलव पाँच माइक्रोन धूलोका कण मानव स्वास्थ्यका लागि सबभन्दा हानिकारक हुने उनको भनाइ छ।विश्व स्वास्थ्यसंगठनले २५ पीपीएमसम्मको वायु मात्र श्वासप्रश्वासका लागि योग्य भनेको जनायकोछ ।जाडो बढेसँगै वायु गुणस्तर खस्कने भएकाले सावधानी अपनाउन उनको सुझाव छ।