देउसीभैलोबाट सङ्कलित रकमले कपडा वितरण

देउसीभैलोबाट सङ्कलित रकमले कपडा वितरण

स्याङ्जा । वालिङ नगरपालिकास्थित बालविद्या आवासीय माध्यामिक विद्यालयका पूर्वविद्यार्थीले देउसीभैलोबाट सङ्कलित रकमले भुम्रे माध्यामिक विद्यालयमा रहेका सुस्तमनस्थितिका दश विद्यार्थीलाई जाडोमा लगाउने स्विटर, टोपी, खाद्यान्नलगायतका सामाग्री शुक्रबार हस्तान्तरण गरिएको छ ।
विद्यालयका पूर्व विद्यार्थीको समूहले देउसीभैलोबाट सङ्कलित करीब १० हजार बराबरको सामग्री विद्यालयमै पुगेर हस्तान्तरण गरेका छन् ।
हाल विद्यालयमा सुस्त मनस्थितिका पाँच छात्र र पाँच छात्रा गरी १० विद्यार्थी रहेको र उनीलाई व्यावहारिक ज्ञानसम्बन्धी कुराहरू सिकाउने गरेको शिक्षक डोलराज बस्यालले बताय ।