आईएफसीले नेपालमा ९० अर्ब लगानि गर्ने

आईएफसीले नेपालमा ९० अर्ब लगानि गर्ने

काठामाडौं– अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले नेपालमा करिव ९० अरव रुपैयाँ लगानी गर्ने भएको छ । लगानी नेपालको दिगो विकासका लागि खर्च गरिनेछ । निर्देशक वेन्डीले नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गईरहेको पनि बताए । कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीका लागि उचित वातावरण बनिरहेको उल्लेख गर्दै ढुक्क भएर लगानी गर्न दाताहरुलाई आग्रह गरेका थिय।
मुलुकको दिगो आर्थिक विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे ।आईएफसीकी नेपाल, भारत र भुटान निर्देशक वेन्डी वेर्नरले सो लगानी नेपालको पर्यटन, कृषि र पूर्वाधार तथा प्रविधिको विकासमा लगाउने बताइन् ।

आईएफसीको सो लगानी नेपालको दिगो विकासका लागि खर्च गरिने उनले जानकारी दिइन् । नेपालमा स्थिर सरकार निर्माण भएकाले लगानीको वातावरण बन्दै गईरहेको उनले बताईन्।