छुटे ३३ किलो सुन तस्करि का आरोपि

छुटे ३३ किलो सुन तस्करि का आरोपि

काठमाडौं । उच्च अदालत विराटनगरले ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा थुनामा रहेका दुई जना प्रभात अग्रवाल र मदन सिलवाललाई धरौटि छाड्न आदेश दिएको छ ।

न्यायाधीश साधुराम सापकोटा र उमेशकुमार सिंहको इजलासले तस्करीको सुनको लगानीकर्ता भनिएका सञ्जय खेतान भनिने प्रभाव अग्रवाल र मदन सिलवाललाई जनही ५–५ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।
जिल्ला अदालत मोरङले गत भदौ १३ गते अग्रवाललाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । जिल्लाको आदेश बदरको मागसहित अग्रवालले उच्च अदालतमा निवेदन दिएका थिए ।
बिहीबार भएको सुनुवाईपछि अदालतले जिल्लाको आदेश बदर गर्दै धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायणप्रसाद रेग्मीले जानकारी दिए ।

अग्रवालमाथि सुन तस्करी प्रकरणका नाइके चुणामणि उप्रेती गोरेलाई सुन खरिद गर्न लगानी गरेको आरोप थियो भने सिलवालले सुन कारोबारमा सहयोग गर्ने गरेका थिए ।

यस अघि गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी साधारण तारेखमा छुटेका थिए भने राम तिवारी ५ लाख धरौटी बुझाएर छुटेका थिए ।