सकियो अक्षरा थियटर महोत्सव

सकियो अक्षरा थियटर महोत्सव

काठमाडौ । दोस्रो काठमाडौं अक्षरा थियटर फेस्टिबल सकिएको छ । शनिवारबाट शुरु महोत्सवमा दस राष्ट्रका बालबालिकाको सहभागी थियो । बिभिन्न देशवाट सहभागि नाटकका सहभागीलाई संस्कृतिविद् सत्यमोहन जोशीले मायाको चिनो प्रदान गरेर विदाइ गरे । नाटक महोत्सवको अन्तिम दिन संस्कृतिविद् सत्यमोहन जोशी नाटक हेर्न अक्षरा पुगेका थिए ।

काडाघारीको अक्षरा स्कुलको अभि थियटरमा अभिभावक, शिक्षक, विद्यार्थी खचाखच थिए । दर्शकदिर्घाको अग्रपत्तिमा बसेर जोशीले नाटकको आनन्द पनि लिए । बंगलादेश, डेनमार्क, भाारत, पाकिस्तान, श्रीलंका, जर्मनी, रसिया, इन्डोनेसिया, स्लोभाकिया, स्विजरल्यान्डबाट सहभागी महोत्सवमा सबै देशले नाटक प्रस्तुत गरेका थिए ।

महोत्सवको तेस्रो दिन सुपरस्टार राजेश हमाल नाटक हेर्न आएका थिए । उनले नाटक मात्रै हेरेनन, बालबालिकालाई उत्प्रेरणा पनि दिए । नाटकको पहिलो शो सकिनासाथ बालबालिकाबीच उनी घेरिए । हातमा डायरी बोकेका बालबालिकाले अनेक प्रश्न सोध्न भ्याए । महोत्सवको उदघाटन प्राध्यापक डाक्टर अभि सुवेदीले गरेका थिए । सुवेदीले यस्ता महोत्सवले मुलुकमा रंगमन्च संस्कृति विकास गर्न सघाउ पुग्ने प्रतिक्रिया दिए । बालबालिकाको लागि थियटरको कन्सेप्ट ल्याएर स्कुलले उदाहरणीय काम गरेको छ ।’ सुबेदीले बताए ।

श्रीलंकन राजदूत डब्लु एस पेरेराले पनि नाटक अवलोकन गरेकी थिइन । जेठ १२ देखि शुरु भएको महोत्सव १५ गते समापन भएको हो । हाम्रा बालबालिकाले यस्ता अनेक अनुभव, अनुभूति संगाल्दै नाटक महोत्सव सम्पन्न गरेका छन , स्कुलकी प्रिन्सिपल अन्जु भट्टराइले बताइन । यो हाम्रो लागि पनि सिकाइ हो । यसले हाम्रा बालबालिकालाई एक अर्कालाई बुझ्ने, एक अर्काको संस्कृतिबाट सिक्ने अवसरको पाएका छन् ।

हामी ग्लोबल सिटिजन तयार गर्न चाहन्छौं । ग्लोबल सिटिजन तयार गर्न एक अर्कोलाई बुझ्नु पर्छ । आदान प्रदानको संस्कृति हुनुपर्छ । सिकाइको हिसाबले यो महोत्सव महत्वपूर्ण रह्यो , भट्टराइको कथन थियो ।  बंगलादेश, डेनमार्क, भाारत, पाकिस्तान, श्रीलंका, जर्मनी, रसिया, इन्डोनेसिया, स्लोभाकिया, स्विजरल्यान्ड सहभागी महोत्सवमा अक्षरा स्कुल र बंगलादेशले ११ वटा नाटक प्रस्तुत गरेका थिए । नाटक हेर्न राजधानीका ५० विद्यालयका ५ हजार विद्यार्थीले अवलोकन गरेको भट्टराइले जानकारी दिइन् ।