मलेलिशयामा नेपाली कामदार पक्राउ

मलेलिशयामा नेपाली कामदार पक्राउ

क्वाललम्पुर । मलेशिया प्रहरीले मलेशियामा नेपाली कामदारमाथि शनिबार अबेर व्यापक धरपकड गरेको छ ।

मलेशियाको पेनाङको बुटिक जाम्बुल भन्ने स्थानमा मलेशियान अध्यागम विभागले शनिबार छापा हानेको छ ।

अध्यागमन विभागले नेपाली लगायत विदेश कामदार सो स्थानमा छापा हानेर सयौंलाई गिरफ्तार समेत गरेको छ ।

पक्राउ पर्नेमा कति नेपाली छन् भन्ने विषयमा पूर्ण विवरण आएको छैन ।

समाचारअनुसार अध्यागमनले वैध र अवैध कामदारलाई एकै ठाउँमा राखेर सोधपुछ गर्नुका साथै गिरफ्तार गरेको छ । नेपालीहरु पनि ठूलो संख्यामा गिरफ्तार भएको अनुमान गरिएको छ । अन्य मुलुकका कामदार पनि पक्राउ परेका छन् ।

हालै नेपाल सरकार र मलेशियाबीच श्रम समझादारीसमेत भएको छ । सो समझदारी कार्यान्वयनको चरणमा छ ।

गत जेठ २ गतेबाट नेपाल सरकारले मलेशिया जाने कामदारमा प्रतिवन्ध लगाउपछि त्यसयता नेपाली कामदार मलेशिया गएका छैनन् । तर, करिब १७ वर्षदेखि मलेशियामा कामदार गइरहेका थिए । मलेशिमा करिब साढे तीन लाख नेपाली वैध कामदार रहेको अनुमान छ । त्यहाँ केही अवैध नेपाली कामदार पनि रहेको बताइन्छ । तर, अवैध नेपाली कामदारको संख्या भने यकिन भएको छैन ।

नेपाल र मलेशियाको मौसम एकरुपको हुनुका साथै खुला सामाजिक व्यवहार हुने भएकाले अन्य खाडी मुलुकभन्दा मलेशिया नेपालीका लागि आकर्षक रोजगार गन्तव्य हो । तर, पछिल्ला वर्षहरुमा मलेशियामा नेपालीहरु असुरक्षित बन्दै गएको मलेशिया जानेहरु बताउँछन् ।