एक्लै रोहित शर्माले पराजित गरे वेष्टइन्डिजलाई

एक्लै रोहित शर्माले पराजित गरे वेष्टइन्डिजलाई

एजेन्सी। भारत भ्रमणमा रहेको वेष्टइण्डिजले चौथो एक दिवसीय क्रिकेट खेलमा भारतका ओपनर रोहित शर्माले बनाएको रन जति पनि बनाउन सकेन । टस जितेर पहिला ब्याटिंग गरेको भारतले रोहितको १६२ रनको सहयोगमा ३७७ रनको विशाल स्कोर बनाएको थियो ।
वेष्टइण्डिज १५३ रन अलआउट हुँदा रोहितले बनाएको रनभन्दा ९ रन पछि रह्यो । वेष्टइन्डिजले यो खेल २२४ रनले गुमायो ।

मुम्बईमा भएको खेलमा भारतका दुई जनाले सतक बनाए । रोहितले ठूलो सतक बनाउँदा अम्बाती रायडुले पनि १०० रन बनाए । आक्रमक ब्याटिंग गरेका रोहित २० चौका र ४ छक्का प्रहार गरेका थिए ।

लक्ष्य पक्ष्याउन मैदानमा आएको वेष्टइन्डिजको शुरुआत निकै खराब रह्यो । निरन्तर विकेट गुमाृउँदा उसका कप्तान जेसन होल्डर भने ५४ रनमा नटआउट रहे ।

वेष्टइन्डिजलाई सस्तैमा समेट्न भारतका खलिल अहमद र कूलदिप यादवले समान ३३ विकेट लिए ।

यो जितसँगै भारतले कम्तिमा सिरिज नगुमाउने पक्का भएको छ । ५ खेलमो सिरिजमा १ खेल वेष्टइन्डिजले जितेको छ भने एक खेल टाई भएको थियो । दुई खेल जितेको भारत सिरिजमा अगाडी छ । अब १ खेलमात्र बाँकी छ ।